शाओमीको इन्ट्री लेभल रेड्मी ए थ्रि स्मार्टफोन नेपालमा लन्च

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ । रेड्मी ए थ्रि लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ ।

रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग गोरिल्ला ग्लास ३ को सुरक्षा सहित संचालित छ ।

१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रि लाई युएसबी टाईप सी मा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीले भने, “ग्राहकहरु माझ रेड्मी ए थ्रि प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।

प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी ए थ्रि मा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरु उपलब्ध छ । रेड्मी ए थ्रि स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन हो । ”

Comments

Back to top