खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लागी सम्झौता

डिजिटल वालेट खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लागी रणनितिक सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्नेछन्।

यस सम्झौता सँगै अब विकास बैंकका ग्राहकहरूले स्मार्टबैंक एप–गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सकिने छ ।

बैंकका अनुसार ग्राहकले खल्ती प्रयोग गरि मुभि, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने छन् ।

बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै खल्ती बाट गरिमा विकास बैंकको खातामा पठाउन पनि सकिने जनाइएको छ ।

Comments

Back to top