कोकाकोलाको उपभोक्ताहरूको लागि विशेष क्याम्पेन

कोकाकोलाले उपभोक्ताहरूको लागि अर्को विशेष क्याम्पेन ल्याएको छ।

नेपालमा कोकाकोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोकाकोला निःशुल्क प्रदान गर्ने भएको हो।

कम्पनीले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको जनाएको छ।

यो अफरले कोकाकोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Comments

Back to top