यी हुन् थाइराइडका आम कारण

गलत खानपान र खराब जीवनशैलीले स्वास्थ्यसँग जोडिएका विभिन्न समस्याहरु हुने गर्छन् । यी मध्ये एक थाइराइडको समस्या पनि हो । यहाँ जानौं थायराइड हुनुका पछाडि कस्ता कारणहरु हुने गर्छन्–

  •  थाइराइड तपाईंको घाँटीमा पुतली जस्तो देखिने एउटा ग्ल्यान्ड हुन्छ । जब यो ग्ल्यान्डले एकदमै कम वा धेरै हर्मोनहरु रिलीज गर्न थाल्छ त्यस्तो स्थितिलाई थाइराइड भनिन्छ ।
  •  शरीरमा हुने आयोडिनको कमीका कारणले तपाईंलाई थाइराइडको समस्या हुन सक्छ । थाइराइड ग्रन्थीले आयोडिनको सहायताले नै हर्मोनहरु उत्पादन गर्छ । आयोडिनको कमीले यो प्रक्रियामा बाधा पुर्‍याउँछ ।
  •  शरीरमा भिटामिन बी १२ को प्रर्याप्तताले तपाईंलाई थाइराइड हुनबाट जोगाउँछ । यदी यसको कमी भयो भने पनि तपाईंलाई थाइराइडिज्मको समस्या हुन सक्छ । त्यसैले भिटामिन बी १२ लाई खानपानमा समावेश गर्नुहोस् ।
  •  तनाव कैयौं रोगहरुको जरा हो । थाइराइड पनि यी मध्ये एक हो । तनावले शरीरको मेटाबोलिज्मलाई धिमा बनाउँछ जसले गर्दा तौल बढ्न थाल्छ र थाइराइडको पनि समस्या देखिन्छ ।
  •  सेलेनियमको कमीले पनि शरीरमा समस्या हुन्छ । यसले शरीरमा सेल्सहरु ड्यामेज हुनबाट बचाउँछ । यसबाहेक शरीरलाई संक्रमणहरुबाट पनि जोगाउँछ । सेलेनियमको कमीले थाइराइडको समस्या हुने जोखिम बढ्छ ।
  •  थाइराइडको समस्या भइहाल्यो भने तपाईं आफ्नो खानपानमा ज्वानो, अश्वगन्धा, गहुँको जमरा, फल, अन्डा, पालक तथा मेवाहरु खानुहोस् ।

Comments

Back to top