लामखुट्टे भगाउन घरमा लगाउनुहोस् यस्ता बिरुवा

गर्मी मौसम सुरु भइसकेको छ । अब घरमा छिट्टै लामखुट्टेको प्रवेश पनि हुन थाल्छ । लामखुट्टेसँगै विभिन्न रोग पनि आउने भएकाले यसबाट बच्न एकदमै जरुरी हुन्छ ।

यसका लागि तपाईंले अन्य उपायसँगै घरमा त्यस्ता केही बिरुवा पनि लगाउन सक्नुहुन्छ । जसले लामखुट्टे आउनबाट रोक्नेछन् ।

सयपत्री फूल

सयपत्री वा हजारी फूल घरमा लगाउँदा लामुखट्टे भाग्छन् । किनकी यसको वासना लामखुट्टे वा उड्ने किरालाई मन पर्दैन । यसलाई तपाईंले घरको बाल्कोनी तथा आँगनमा लगाउन सक्नुहुन्छ ।

लेमन ग्रास

लेमन ग्रासका बिरुवाबाट मनमोहक तथा ताजा सुगन्ध आउँछ । यो चियामा पनि प्रयोग गरिन्छ । तर, लामखुट्टे भने यसको सुगन्धले टाढा भाग्छन् । त्यसैले यो बिरुवालाई पनि आफ्नो घरमा लगाउन सक्नुहुन्छ ।

लसुन

लसुन पनि घर वरिपरि वा गमलामा लगाउन सक्नुहुन्छ। यसलाई जसरी खानका लागि प्रयोग गर्न सकिन्छ, त्यसरी नै लामखुट्टे पनि यसको सुगन्धले टाढा भाग्छन् ।

लेवेन्डर 

लेवेन्डरको वास्नाले घरको वातावरण नै ताजा तथा सुगन्धमय बन्छ । यसलाई तपाईंले गमलामा पनि लगाएर लामखुट्टे भगाउन सक्नुहुन्छ किनकी यसको सुगन्ध उनीहरुलाई मन पर्दैन ।

तुलसी

त्यसो त तुलसीलाई हाम्रो समाजमा पुजा पनि गरिन्छ । जसले गर्दा यो हरेक घरमा लगाइएको हुन्छ । यसलाई आयुर्वेदिक रुपमा औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसले लामखुट्टे तथा किरा पनि भगाउने गर्छ ।

एजेन्सी

Comments

Back to top