मदिरा उत्पादक तथा वितरक ‘हिमालयन डिस्टिलरी’को नाफामा संकुचन

मदिरा उत्पादक तथा वितरक कम्पनी हिमालयन डिस्टिलरीको नाफामा संकुचन देखिएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १६ करोड ३६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत वर्षको तुलनामा ४४.३८ प्रतिशत कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ४२ लाख बढी नाफा कमाएको थियो ।

विशेषगरि कम्पनीको बिक्री आम्दानीमा आएको गिरावटले खुद नाफामा संकुचन आएको हो । समिक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशत अर्थात् ३३ करोड ८४ लाख रुपैयाँले घटेको छ । गत वर्ष कम्पनीले १ अर्ब २९ करोड ४४ लाख बढी बिक्री आम्दानी गरेको थियो । तर, यो वर्ष भने कम्पनीको यस्तो आम्दानी ९५ करोड ५९ लाख रुपैयाँमा सिमित भएको छ ।

यस्तै, कम्पनीको कुल नाफा पनि ३०.७३ प्रतिशत घटेर ५५ करोड ३४ लाख रुपैयाँमा झरेको छ । यस्तै, कम्पनीको कुल संचालन आम्दानी पनि २९.१३ प्रतिशत घटेर ५७ करोड ६ लाख र संचालन नाफा पनि ४१.७० प्रतिशत घटेर २४ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।

Comments

Back to top