प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.६० अंकले बढ्यो !

आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.६० अंकले बढेको छ। 

बिहिबार ३.२४ अंकले घटेर १९६५.९३ मा बन्द भएको नेप्से आज प्रिओपन पछि १९७३.५३ मा खुलेको हो। कुल ४,२७७ कित्ता सेयरको खरिदबिक्री करिब २३ लाख ७२ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ४८ कम्पनीमध्ये ३६ को मूल्य बढ्यो भने ८ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने परिवतर्न छैन।

यस अवधीमा कुल ९१ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top