महिनावारीको दुखाईबाट राहत पाउने तरिका

महिलालाई महिनावारीका क्रममा पेट दुख्ने, मुड स्वींग तथा ऐंठनको समस्या हुने गर्छ । यस्तोमा घरमै केही उपाए अपनाउँदा समस्या कम हुन्छ । जानौं त्यस्ता उपाए ।

  • महिनावारीका क्रममा तातो पानीले नुहाउँदा मांसपेशीलाई आराम प्राप्त हुन्छ । र दुखाई पनि कम हुन्छ ।
  • महिनावारीका क्रममा शरीरमा पानीको कमीले पनि थकान तथा चिडचिडाहट महसुस हुन्छ । यस्तोमा धेरै मात्रामा पानी पिउनु पर्दछ । साथमा विभिन्न फलका जुस पनि पिउनु उत्तम हुन्छ ।
  • महिनावारीमा हुने दुखाई कम गर्न अक्कुप्रेसरको सहारा पनि लिन सकिन्छ । यसमा हात तथा खुट्टाका प्रेसर पोइन्टहरुमा दबाब दिँदा दुखाई कम हुन्छ ।
  • महिनावारीको समयमा नुन धेरै खानु हुँदैन। कतिपयले अमिलो पिरो खान मन लागेको भनेर जंकफुडमा जोड दिन्छन् । यसले दुखाई बढाउन सक्छ ।
  • यस्तो बेला शरीरमा चिडचिडापन तथा कसिलो महसुस गरिन्छ । त्यसैले खुकुलो तथा सुतीका कपडा लगाउनु पर्दछ ।
  • तपाईं दुखाई कम गर्न हल्का तथा सामान्य कसरत पनि गर्न सक्नुहुन्छ । यसका लागि केहीबेर हिँडडुल वा सामान्य योग पनि गर्न सकिन्छ ।

Comments

Back to top