साँझमा कसरत गर्दा हुने पाँच फाइदा

धेरै जसो मानिस कसरत गर्नका लागि बिहानको समय राम्रो मान्छन् । तर के तपाईंलाई थाहा छ ? साँझको समयमा पनि कसरत गर्दा शरीरलाई थुप्रै फाइदा हुन्छन् ।

  • फिटनेस विशेषज्ञका अनुसार कतिपय मानिस बिहानै काममा जाने वा अफिसमा बसेर काम गर्ने कारणले कसरत गर्न पाउँदैनन् । यस्ता व्यक्तिले साँझको समयमा कसरत गरेर पनि आफूलाई फिट राख्न सक्छन् ।
  • पूरा दिन काम गर्दा शरीरमा एकदमै धेरै थकान हुन्छ । यस्तोमा काम पछि कसरत गर्नाले तनाव कम हुनुका साथै शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ ।
  • अनिद्राको समस्यालाई कम गर्न साँझमा कसरत गर्न सकिन्छ । कसरतले मुड फ्रेस बनाउँछ र राम्रो निद्रा लाग्छ ।
  • साँझमा कसरत गर्नाले हड्डी बलियो हुन्छ । साथमा तनाव पनि कम हुन्छ ।
  • बिहानको तुलनामा साँझमा शरीरमा ऊर्जाको मात्रा धेरै हुन्छ जसले गर्दा कसरत राम्रो तरिकाले हुन्छ ।
  • कसरत गर्नुअघि केही खानबाट भने बच्नुपर्छ । यसले शरीरलाई धेरै फाइदा हुँदैन । साथमा कसरत गरेपछि तुरुन्त सुत्नु पनि हुँदैन ।

 

Comments

Back to top