यस्ता व्यक्तिले बेथेको साग खानु हुँदैन

जाडोमा बेथेको साग एकदमै खाने गरिन्छ । अहिले यो प्रसस्त मात्रामा पनि पाइन्छ । तर केही व्यक्तिहरुले यसको सेवन गर्दा बेफाइदा पनि गर्न सक्छ । यसको बारेमा पनि जानकार हुनुपर्दछ ।

केही व्यक्तिहरुलाई छालामा एलर्जीको समस्या हुन्छ । यस्तोमा बेथेको साग खान मनाही गरिएको छ । यसले छालाको एलर्जीको समस्या झनै बढ्न सक्छ ।

बेथेको सागमा आक्सेलिक एसिड हुन्छ, त्यसैले यसको साग सीमित मात्रामा खानु पर्दछ । अत्यधिक खाएमा पेट दुख्ने, कब्जियत तथा पखाला आदिको समस्या पनि हुन सक्छ ।

भुलेर पनि गर्भवती महिलाले बेथेको साग सेवन गर्नु हुँदैन । यसको अत्यधिक सेवनले गर्भपात हुने सम्भावना हुन्छ ।

बेथेमा प्रजनन विरोधी तत्वहरु पाइन्छन् जसले गर्दा यसको अत्यधिक सेवनले प्रजनन क्षमतामा पनि नकारात्मक असर पर्न सक्छ । जो व्यक्तिलाई प्रजनन सम्बन्धी पहिलेदेखि नै समस्या छ त्यस्तो व्यक्तिले बेथेको साग खानु हुँदैन ।

धेरै मात्रामा बेथेको साग सेवन गर्दा शरीरमा क्याल्सियमको कमी हुन सक्छ । जसले गर्दा धेरै प्रकारको नोक्सान हुन्छ । यदी तपाईं यस्ता केही समस्याहरुसँग जुधिरहनु भएको छ भने आफ्नो डाक्टरको सल्लाहमा मात्र कुनै पनि प्रकारको खानेकुराहरु सेवन गर्नुपर्दछ । कुनै पनि चिजको अत्यधिक सेवन घातक नै हुन्छ ।

Comments

Back to top