आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडमा रोजगारको अवसर

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदमा १–१ जना कर्मचारी माग गरेको हो ।

म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको कार्यानुभव भएको र १८ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्नेछ ।

जुनियर अफिसरका लागि अर्थशास्त्र वा म्यानेजमेन्ट विषयबाट ब्याचलर डिग्री गरेको साथै सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यानुभव भएको र १८ वर्ष उमेर पुरा भई ४५ वर्ष नकटेको हुनुपर्नेछ ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ । पारिश्रमिक तथा सुविधा कम्पनीको नियमानुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

 

Comments

Back to top