नेप्सेमा ७.३१ अंकको गिरावट, ४ अर्ब १३ करोडको कारोबार !

बिहिबार नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल ९४ लाख ९८ हजार २९८ कित्ता सेयरको करिब ४ अर्ब १३ करोड ३३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ, १६१ कम्पनीको मूल्यमा गिरावट छ भने, ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक  घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा समता घरेलु लघुवित्त वित्तीय संस्था िलमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना घुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.२१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा आइएमइ लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ७७ लाख बराबरको सेयर कारोबार भएको छ।  

Comments

Back to top