निद्राको कमीले हुन सक्छन् यस्ता समस्या

अहिलेको भागदाैडपूर्ण जीवनमा निद्रा नलाग्नु एउटा मुख्य सम्स्या हुन थालेको छ। निद्राको कमीले अन्य खालका रोग पनि लाग्न सक्छन्। जसको बारेमा समयमै जानेर सावधानी अपनाउनु राम्रो हुन्छ।

निद्राको कमीले शरीरमा विभिन्न प्रकारका समस्या हुन थाल्छन्। यसले एन्जाइटी र तनाव त हुन्छ नै साथमा पाचन सम्बन्धी समस्या पनि हुन थाल्छ।

निद्रा पूरा नहुँदा मोटोपनको समस्या पनि हुने गर्छ । मोटोपनले गर्दा उच्च रक्तचाप, मुटु सम्बन्धी रोगको खतरा बढ्छ ।

राम्रो स्वास्थ्यका लागि कम्तीमा ७ देखि ८ घण्टाको निद्रा एकदमै जरुरी हुन्छ । यसबाहेक सुत्ने र उठ्ने समय पनि निश्चित गराउनु पर्दछ । यसले स्लीप साइकल राम्रो हुन्छ ।

राति सुत्नुअघि क्याफिनयुक्त पदार्थ जस्तै चिया कफीको सेवन पनि गर्नु हुँदैन । यसले निद्रा प्रभावित पार्न सक्छ । निद्राको कमीले थकान महसुस हुन्छ जसले गर्दा दिनभर काममा जाँगर लाग्दैन ।

यदि तपाईंलाई समयमा निद्रा नलाग्ने समस्या छ भने नियमित रुपमा कसरत गर्नुहोस् । यसले शरीरमा थकान महसुस हुन्छ जसले गर्दा समयमै र राम्रो निद्रा लाग्छ ।

 

Comments

Back to top