जोर्नी दुखाईको उत्तम औषधि

चिसोको कारणले जोर्नी तथा शरीरको दुखाई धेरैले महसुस गरिरहेका हुन्छन् । यस्तोमा घरमै तोरीको तेलमा कपूर मिसाएर जोर्नीमा मालिस गर्न सकिन्छ । यसले तपाईंको दुखाई कम हुनेछ ।

तोरीको तेलमा एन्टीब्याक्टेरियल, एन्टीफंगल तथा एन्टीइन्फ्लामेटरी गुण पाइन्छन् । यसले शरीरको दुखाई कम गर्छ ।

त्यस्तै कपूरमा एन्टीअक्सीडेन्ट्स, एन्टीब्याक्टेरियल जस्ता गुण भरपूर मात्रामा हुन्छ । यसले पनि विभिन्न खाले दुखाईमा औषधिको काम गर्दछ ।

कपूर र तोरीको तेललाई मिसाएर शरीर मालिस गर्दा सुन्निएको तथा दुखेकोबाट राहत पाइन्छ । विशेषगरी जाडोमा यो घरेलु उपाय तपाईंका लागि रामवाण सावित हुनेछ ।

तोरीको तेलमा कपूर मिसाएर जोर्नीहरुमा लगाउँदा दुख्न कम हुन्छ । तपाईं तोरीको तेललाई मनतातो बनाउनुहोस् र त्यसमा कपूर मिसाउनुहोस् ।

यो तेलले जोर्नीहरुमा मालिस गर्नुहोस् । यसले बाथबाट हुने दुखाई र सुन्निएको पनि कम हुन्छ । यसले दिनमा दुई पटक पनि मालिस गर्न सक्नुहुन्छ ।

चिसोले हात खुट्टा सुन्निएको छ भने पनि यो मिश्रणले मालिस गर्नुहोस् तपाईंले राहत पाउनुहुनेछ ।

त्यस्तै मांसपेशी तथा ढाडको दुखाईमा पनि तोरीको तेल र कपूरको मिश्रणले मालिस गर्न सकिन्छ । यसले शरीरमा रक्तसञ्चार राम्रो बनाउँछ । जसले गर्दा मांसपेशीमा भएको दुखाई पनि कम हुन्छ ।

Comments

Back to top