बाराक ओबामाका केहि जीवनोपयोगी भनाईहरु

अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक हुसेन ओबामा प्रसिद्ध राजनीतिज्ञ हुन् । उनी अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति बनेका थिए । उनका भनाइहरू प्रेरणादायी छन् ।

बाराक ओबामाका जीवनोपयोगी भनाईहरु

१. सहयोगको लागि अनुरोध गर्नु भनेको आफूलाई कमजोर देखाउनु होइन बरु तागतको संकेत हो, यसैबाट तिमी नयाँ कुरा सिक्ने अवसर पाउँछौ ।

२. हामी भविष्यदेखि डराउने होइन, भविष्यलाई आकार दिने बन्नुपर्छ ।

३. प्रगतिको बाटो कहिल्यै पनि सिधा र सजिलो हुँदैन ।

४. निन्दनीय शब्दहरू वा भाषणको विरुद्धमा दमन होइन, भाषण नै प्रयोग गर्नुपर्छ ।

५. खेलाडीहरू परिवर्तन गरेर मात्र पर्याप्त छैन, हामीले पुरै खेल परिवर्तन गर्नुपर्छ ।

६. भाग्य आफैले लेख्ने हो, अरू कसैले लेखिदिएको हुँदैन ।

७. निराशाबाट बच्ने उपाय भनेको उठ्नु र केही गर्नु हो।

८. प्रश्न सोध्न नडराऊ र आवश्यकता पर्दा सहयोग माग्न पनि नडराऊ ।

९. परिवर्तन सजिलो पनि छैन र असम्भव पनि ।

१०. जब कठिन समय आउँछ, तब हामी हार मान्दैनौँ, बरु माथि उठ्छौँ ।

११. राम्रो चिजको पर्खाइमा कहिल्यै नबस ।

१२. यदि आफू भन्दा फरक देखेको छौ भने उसको आलोचना होइन, प्रशंसा गर ।

१३. जीवनका कुनै पनि मूल्यवान् चिज प्राप्त गर्न सजिलो छैन ।

१४. अर्को समय वा अरुलाई पर्खाएर बस्यो भने परिवर्तन आउँदैन, हामी नै त्यो परिवर्तन हौँ जसको लागि पर्खिएर बसेका थियौँ ।

१५. खोजलाई जानि राख, सपना देख्दै गर,प्रश्न सोद्धै गर, जानेको कुरामा चित्त बुझाएर नबस,संसार परिवर्तनको लागि आफ्नो विचार,कल्पना र कडा मिहेनतको शक्तिमाथि विश्वास गर ।

एजेन्सी

Comments

Back to top