सुत्नुअघि सुकमेल दुध पिउनुका फाइदा

दुध पिउँदा शरीरमा ऊर्जाका साथसाथै पोषण पनि प्राप्त हुन्छ । तर, दुधमा केही चीज मिसाएर पिउनुभयो भने त्यो अझै स्वस्थवर्धक हुन्छ ।

त्यस्तै दुधमा सुकमेल मिसाएर पिउँदा हुने फाइदाका बारेमा जानौं :

सुकमेल राखेको दुधको सेवनले स्वास गन्हाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । सुकमेल एकप्रकारको माउथ फ्रेसनर हो ।

सुत्नुअघि सुकमेल राखेको दुध पिउँदा शरीरलाई ऊर्जा पनि प्राप्त हुन्छ । दुध र सुकमेल दुवैमा कार्बोहाइड्रेट पाइन्छ । यसले ऊर्जा दिने काम गर्छ ।

यदि तौल कम गर्नेबारे सोंचिरहनु भएको छ भने सुकमेल राखेको दुधले तपाईंलाई सहयोग गर्न सक्छ । यसको सेवन गर्नाले शरीरको मेटाबोलिज्म बुस्ट हुन्छ। एकप्रकारले बोसो घटाउन सहयोग गर्छ ।

त्यस्तै हल्का मनतातो दुधमा सुकमेल मिसाएर पिउँदा रुघाखोकीबाट पनि आराम पाउन सकिन्छ । रुघाखोकी लागेको बेला यसमा थोरै बेसार पनि मिसाउन सकिन्छ ।

त्यस्तै सुकमेल मिसाएको दुधले तपाईंको शरीरलाई रोगसँग लड्न सक्ने क्षमताको विकास गराउँछ । यसमा एन्टीअक्सीडेन्ट्स गुण भरपूर मात्रामा पाइन्छ ।

Comments

Back to top