जाडोमा मकैको रोटी खाँदा शरीरलाई हुने ६ फाइदा

जाडोको मौसममा मकैको रोटी खानु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । मकैको रोटी स्वादिष्ट हुनुका साथै यसले कयौं रोगबाट पनि बचाउँछ ।मकैको रोटीमा फाइबर, भिटामिन ए, भिटामिन सी, बीटा क्यारोटीन तथा भिटामिन ई जस्ता पोषक तत्व पाइन्छन् ।

यसबाट हुने फाइदाका बारेमा जानौं –

  • मकैको रोटी आँखाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसको पिठोमा पाइने बीटा क्यारोटिन तथा भिटामिन ए जस्ता पोषक तत्व आँखाका लागि फाइदाजनक हुन्छन् ।
  •  मकैको रोटी खाँदा शरीरको कमजोरी पनि कम हुन्छ । यसले एनिमियाबाट पनि राहत दिन्छ । मकैको रोटी खाँदा शरीरमा रक्तकोषिका निर्माण हुन्छन् जसले गर्दा शरीरमा रगतको कमी हुँदैन ।
  •  मकैको रोटीले बाथको समस्याबाट पनि बचाउँछ । यसले जोर्नीहरुको दुखाई पनि ठिक हुन्छ ।
  •  त्यस्तै मकैको रोटी मुटुका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यो खाँदा शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम हुन्छ जसले गर्दा मुटुसँग जोडिएका समस्या कम हुँदै जान्छ ।
  •  मकैको रोटीमा फाइबरको मात्रा अत्यधिक हुन्छ जसले पेटसँग जोडिएका समस्या जस्तै अपच, कब्जियत तथा एसिडिटी कम गर्न सहयोग गर्छ ।
  •  जाडोमा मकैको रोटी खाँदा मोटोपन कम गर्न पनि सहयोग हुन्छ । मकैको रोटीमा भरपूर मात्रामा फाइबर हुन्छ जो तौल कम गर्नका लागि सहयोगी हुन्छ ।

Comments

Back to top