छालाको समस्या हटाउन ओखरको तेल

ओखरको तेल छालाका लागि एकदमै लाभकारी मानिन्छ । यसको प्रयोगले छाला चाउरी पर्ने लक्षण कम गराउनुका साथसाथै छालालाई सुख्खा हुन पनि दिँदैन । 

ओखरमा हुने पोषकतत्वहरु : म्याग्निज, फोलिक एसिड, फोस्फोरस, भिटामिन ई

–ओखरको तेलको प्रयोगले शरीरमा हुने सुख्खापन कम हुन्छ । यसमा मोस्चुराइजिङ गुण हुने गर्दछ, जसले छालालाई सुख्खा हुन दिँदैन । 

–यसको सेवनले आँखाको तल हुने डार्क सर्कल (कालो घेरा) कम गर्न मद्दत गर्दछ । यसका लागि डार्क सर्कल भएको ठाउँमा विस्तारै हातले तेल लगाउन सकिन्छ । 

–छालामा हुने दागधब्बा हटाउन पनि यो निकै लाभदायी हुने गर्दछ । यसको प्रयोगले अनुहार र छालाका दागधब्बा हटाउन मद्दत मिल्दछ । 

–ओखरको तेलले अनुहारमा निखारता ल्याउँछ । यसले दागधब्बा र पिगमेन्ट कम गर्दै अनुहारमा चमक बढाउँदछ । 

–ओखरको तेल प्रयोग गर्नाले छिट्टै बुढ्यौलीपन देखिँदैन । छालालाई खुला हुन नदिई बुढ्यौली देखिनबाट रोक्छ ।  (एजेन्सी)
 

 

Comments

Back to top