मह र बदाम सँगै खाँदाका फाइदा

बदामलाई महसँगै मिसाएर खाँदा शरीरमा कयौं फाइदा हुन्छन् । मह र बदाममा पाइने पोषक तत्वले शरीरलाई थुप्रै रोगहरुबाट बचाउन सहयोग गर्छ ।

साथमा यी दुवै सँगै सेवन गर्दा शरीर फिट रहन्छ । आज यहाँ दुबैलाई साथमा खाँदा हुने फाइदाका बारेमा जान्नुहोस् ।

  • बदाममा क्याल्सियम, फाइबर, आइरन, जिंक, भिटामिन सी जस्ता पोषक तत्वहरु हुन्छन् । त्यहीँ महमा म्याग्नेशियम, सोडियम र भिटामिन बीको राम्रो स्रोत पाइन्छ ।
  • बदाम र महमा क्याल्सियमको मात्रा एकदमै धेरै हुन्छ । यस्तोमा दैनिक यसको सेवनले हड्डी बलियो हुन्छ ।
  • बदाम र महको मिश्रण खाँदा तौल कम गर्न पनि सहयोग पुग्छ । यसमा पाइने कैयौं पोषक तत्वहरुले पेटको बोसोलाई पनि कम गर्ने काम गर्छ ।
  • त्यस्तै कपाललाई बलियो बनाउनका लागि पनि मह र बदाम खानुपर्दछ । यसमा पाइने प्रोटिन र भिटामिनहरुले कपाललाई बढाउनुका साथै यसलाई बलियो तथा मुलायम पनि बनाउँछ ।
  • बदाम र मह खानाले सुख्खा छाला र एक्जिमा जस्ता समस्याहरुबाट पनि राहत पाउन सकिन्छ । तर यसलाई अत्यधिक सेवन भने गर्नु हुँदैन ।

Comments

Back to top