आलसको बीजको प्रयोगले पाइन्छ पुरानो कब्जियतबाट पनि छुट्कारा

गलत खानपानका कारणले धेरै मानिसको पेट खराब भइरहेको हुन्छ । लामो समय पनि तपाईंको पेट सफा हुँदैन वा कब्जियत भएको छ भने आलसको बीज फाइदाजनक हुन सक्छ ।

आलसको बीजले पाचन प्रणालीमा सुधार ल्याउँछ । जसले गर्दा पेट सफा हुन्छ । आलसको बीजमा कयौं आवश्यक पोषक तत्व पाइन्छन् । जसले कब्जियतबाट जोगाउने काम गर्छ ।

यसमा राम्रो मात्रामा फाइबर पाइन्छ । साथमा यसमा प्रोटिन, ओमेगा–३ फ्याटी एसिड, म्याग्नेशियम, पोटाशियम जस्ता तत्वहरु पनि पाइन्छन् ।

आलसको बीजले पेटमा हुने अपच, ग्यास, कब्जियत, दुखाई लगायतबाट बचाउने काम गर्छ । यो बीजमा पाइने फाइबर तत्वले मललाई गिलो बनाउँछ जसले गर्दा सजिलै बाहिर आउँछ ।

कब्जियतबाट भएको समस्याका लागि आलसको बीजलाई हल्का भुट्नुहोस् । यसको पाउडरलाई मनतातो पानीमा मिसाएर पिउनुहोस् । यसलाई सलाद, अचार, सुपमा मिसाएर पनि खान सकिन्छ । यसले जसरी खाँदा पनि फाइदा गर्दछ ।

आलसको बीज तौल कम गरिरहेको बेला पनि सेवन गर्नु फाइदाजनक हुन्छ । साथमा यसले मधुमेहलाई पनि सन्तुलनमा राख्ने काम गर्छ । साथमा यसलाई मधुमेह भएका व्यक्तिले पनि खान मिल्छ ।

आलसको बीज मुटुको स्वास्थ्यका लागि पनि एकदमै राम्रो मानिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ। जसले खराब कोलेस्ट्रोल बढ्न दिँदैन । यसले शरीरमा रक्तसञ्चारलाई पनि राम्रो बनाउँछ ।

Comments

Back to top