चुकन्दरसँग जोडिएका सात जानकारी

चुकन्दर खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । यसको सेवनले गर्नाले शरीरमा रगतको कमी पूरा गर्न सकिन्छ । त्यस्तै चुकन्दरलाई अरु पनि कयौं चिजका लागि प्रयोग गर्न सकिन्छ । जानौं चुकन्दरसँग जोडिएका जानकारी ।

चुकन्दरलाई तपाईं लिपवाम जसरी प्रयोग पनि गर्न सक्नुहुन्छ । यसले तपाईंको ओंठ प्राकृतिक रुपमा गुलाबी देखिनेछन् ।

ओंठ मात्रै हैन गाला गुलाबी बनाउन पनि चुकन्दर प्रयोग गर्न सकिन्छ । यसले छालामा चमक ल्याउँछ र साथमा प्राकृतिक रुपमा गुलाबी बनाउँछ ।

यदि तपाईं आफ्नो कपाल बरगन्दी रंगको बनाउन चाहनुहुन्छ भने पनि मेहेन्दीको घोलमा चुकन्दरको पेस्टलाई मिसाउनुहोस् । यसले तपाईंको कपाल प्राकृतिक रुपमा चम्किलो पनि देखिनेछ ।

तपाईं चुकन्दरलाई चिप्स बनाएर पनि सेवन गर्न सक्नुहुन्छ । यो विशेषगरी बच्चालाई पनि खुवाउने तरिका हुन्छ । यसलाई आलू जसरी नै चिप्स बनाउन सकिन्छ ।

छालामा प्राकृतिक चमक ल्याउन चुकन्दर र दहीको फेस प्याक बनाएर लगाउन सकिन्छ । यसले छालाको रंगमा पनि निखार आउँछ ।

जाडोको मौसममा तपाईं चुकन्दरको स्वस्थ पेय पदार्थ बनाएर पिउन सक्नुहुन्छ । यसका लागि एक गिलास पानी, चुकन्दर र कागतीलाई पिसेर जुस बनाएर पिउनुहोस् ।

चुकन्दर कपालका लागि पनि प्रयोग गर्न सकिन्छ ।

यसका लागि चुकन्दरका केही टुक्रा, कफी पाउडर र कागतीको रसलाई मिसाएर एकसाथ पिस्नुहोस् । अब यसलाई कपालमा लगाउनुहोस् र एक घण्टाका लागि राख्नुहोस् अनि धुनुहोस् ।

Comments

Back to top