जाडोमा दैनिक नुहाउँदाका नोक्सानी

जाडोमा दैनिक नुहाउँदा तपाईंको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । छाला विशेषज्ञलाई मान्ने हो भने चिसोको समयमा दैनिक नुहाउनु उपयुक्त हुँदैन ।

जाडोमा धेरै नुहाउँदा तपाईंको छालालाई नोक्सान पुग्न सक्छ । जाडोमा दैनिक रुपमा नुहाउँदा छाला सुख्खा हुन थाल्छ । यस्तै शरीरको प्राकृतिक चिल्लोपना विस्तारै निस्कँदै जान्छ ।

यो प्राकृतिक चिल्लोपना सबैको छालाका लागि एकदमै जरुरी हुन्छ । यसले प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ ।

दैनिक नुहाउँदा छालाबाट राम्रो ब्याक्टेरिया पनि हराउँछन् । जसले इम्यून सिस्टमलाई सहायता गर्ने गर्छन् । दैनिक तातो पानीले नुहाउँदा छालासँगै तपाईंका नङलाई पनि नोक्सान पुग्न सक्छ ।

दैनिक नुहाउँदा छाला कमजोर हुन्छ । जसले गर्दा संक्रमणको खतरा पनि बढेर जान्छ ।

Comments

Back to top