एल्युमिनियम फोयलमा खाना राख्दा हुन सक्छ यस्तो नोक्सानी

खाना प्याक गर्नका लागि एल्युमिनियम फोयलको प्रयोग अहिले आम भइसकेको छ । तर, के तपाईंलाई थाहा छ यो हानिकारक छ भन्ने । फोयल पेपर अल्जाइमर जस्ता रोगको कारण बन्न सक्छ ।

आउनुहोस् जानौं फोयल पेपरमा खाना राख्दा कस्ता नोक्सानी छन् भन्नेबारे :

एल्युमिनियम फोयलमा खाना राख्नाले अल्जाइमरको खतरा बढ्छ । खासगरी यसमा तातो खाना राख्नाले यो शरीरमा प्रवेश गर्न सक्छ । त्यस्तै फोयल पेपरको धेरै प्रयोग गर्दा यसले हाम्रो हड्डीलाई पनि कमजोर बनाउँछ ।

धेरै मात्रामा एल्मुनियम हाम्रो शरीरमा प्रवेश गर्‍यो भने अस्टियोपोरोसिस जस्तो गम्भीर रोग पनि लाग्न सक्छ ।

कयौं अध्ययनहरुमा यो साबित भइसकेको छ कि एल्युमिनियम फोयलमा खाना राख्दा मिर्गौलासम्बन्धी समस्या पनि हुन सक्छ ।

फोयल पेपरमा तातो खाना प्याक गर्नाले डिमेन्शिया जस्ता गम्भीर रोगको खतरा पनि बढ्छ । त्यस्तै यो पेपरले हानिकारक शुक्ष्म किटाणुलाई बढाउने काम पनि गर्छ । जब यो फोयलमा खाना प्याक गरिन्छ, तब यसमा केही संक्रामक जीव विकसित हुन थाल्छन् ।

दैनिक रुपमा यसमा खाना प्याक गर्ने र त्यो खानाले शरीरमा हानिकारक तत्व विकसित हुन थाल्छन् । जसले दम जस्तो समस्या पनि हुन थाल्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई पनि कम गराउँछ ।

Comments

Back to top