पिस्तालाई यसरी खानुहोस् र पाउनुहोस् दुईगुणा फाइदा

पिस्ता एकदमै स्वादिष्ट तथा पौष्टिक ड्राई फ्रुट हो । पौष्टिक तत्वले भरपूर पिस्ता स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक मानिन्छ ।

पिस्ता खाँदा केही तरिका अपनाइयो भने यसले दुईगुणा फाइदा हुन सक्छ । यसबारेमा जानौं ।

दुध र पिस्ता

पिस्तालाई दुधसँग खान सकिन्छ वा दुधमा मिसाएर पनि खान सकिन्छ । यसले स्वाद तथा फाइदा दुईगुण हुनेछ ।

भिजाएको पिस्ता

तपाईं पिस्तालाई रातभर पानीमा भिजाएर छोड्नुहोस् । बिहान उठेर भिजेको पिस्ता खाँदा स्वास्थ्यमा दुईगुणा फाइदा हुन्छ ।

भुटेको पिस्ता

तपाईं एक प्यानमा ४–५ वटा पिस्ता रोस्ट गरेर पनि खान सक्नुहुन्छ । भुटेको पिस्ता खानाले शरीरमा आइरन तथा हेमोग्लोबिनको स्तर बढ्दछ ।

खीरमा राखेर खाने

पिस्तालाई दुधमा पकाएर त्यसमा बदाम, काजु मिसाएर खीर बनाउन सक्नुहुन्छ । खीरमा राखेको पिस्ताले शरीरमा आइरनको कमी पूरा हुन्छ ।

उमालेको दुध र पिस्ता

तपाईं पिस्तालाई दुधमा उमालेर पनि राख्न सक्नुहुन्छ । यसरी बिहान तथा साँझ पिस्ता सेवन गर्नाले शरीरमा आइरनको कमी पूरा हुन थाल्छ ।

कतिबेला खाने

पिस्ता खानका लागि समयको ध्यान राख्न पनि जरुरी हुन्छ । बिहान खाली पेट पिस्ता खानु धेरै फाइदाजनक हुन्छ । तर, सीमित मात्रामा नै यसको सेवन गर्नुहोस् । पिस्ताको अत्यधिक सेवन शरीर तथा स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ ।

 

 

 

Comments

Back to top