व्यस्त बन्न सुरु गरेको कामले यसरी बनायो अर्बपति

करिब ३३ वर्षअघि २ सन्तानलाई जन्म दिएकी मीना घरको काम सकेर बाँकी समय कहाँ प्रयोग गर्ने भन्ने सोचमा थिइन् । सुरुमा दुई महिलाको लागि कपडा बनाउने र बेच्ने कामबाट सुरु भएको उनको दैनिकी अहिले ठूलो बिजनेश अम्पायरमा परिणत भएको छ ।

लोनको पैसाले सुरुमा महिलाहरुको लागि २ सय रुपैयाँभन्दा कम मूल्यमा आकर्षक कुर्था सुरुवालको ४० सेट बनाइन् । र, आफ्नै घरबाट बेच्न सुरु गरिन् । उनले बनाएको कुर्था सुरुवाल अन्य महिलाहरुले निकै रुचाए । ४० सेट कुर्ता बेच्दा उनले ३ हजार रुपैयाँ नाफा कमाइन् ।

विस्तारै उनको कामले व्यवसायको आकार लियो । उनको उत्पादनको चर्चा बजारमा सुरुभयो । त्यसपछि उनले ३ जना कामदार राखेर व्यवसायमा परिणत गरिन् ।

भारतका प्रसिद्ध शीतल र बेन्जन जस्ता कपडा विक्रेताहरुले पनि मिनाले तयार पारेको कपडा बेच्न थाले । कपडाको माग बढ्दै गयो उनले यसलाई ब्राण्ड नेम दिने सोच बनाइन् । पञ्जाबीमा महिलालाई मायाले ‘बीबा’ बोलाउने भएकोले आफ्नो ब्राण्डको नाम नै ‘बीबा’ राखिन् ।

यसै क्रममा मिनाका जेठा छोरा सन्जयले आफ्नो आमाको काममा साथ दिन थाले । यसरी आमा छोराको मेहेनतले १९९३ मा बीबा भारतको परम्परागत पोसागको ठूलो ब्राण्ड बन्न सफल भयो ।

२००२ मा मिनाको कान्छा छोराले उनको व्यवसायमा कदम राखे र उनले ब्रान्डलाई उचाइमा पुर्याउन मद्दत् गरे ।

अहिले बिबाले वार्षिक ६ सय करोड रुपैयाँ बढी आम्दानी गर्ने गरेको छ ।

Comments

Back to top