रफाहमा इजरेली हवाई आक्रमण

दक्षिणी गाजापट्टी शहर रफाहमा रहेको तीन वटा आवासीय भवनमा आइतबार राति इजरेली हवाई आक्रमण हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । 

मृत्यु हुनेमा सबै प्यालेस्टाइनी नागरिक रहेको बताइएको छ । मारिनेमा बालबालिका र महिला धेरै छन् । अन्य धेरै अझै पनि भग्नावशेषमुनि फसेको बताइएको छ ।

गाजापट्टीमा जारी इजरेली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३४ हजार ४८८ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले इजरेली सेनाले गत २४ घण्टामा ३४ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ६८ जना घाइते भएको बताएको छ । 

यसले अक्टोबर ७, २०२३ मा इजरेल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको सङ्ख्या ३४ हजार ४८८ र घाइतेहरूको सङ्ख्या ७७ हजार ६४३ पुगेको छ । सुरक्षा अभावमा केही भग्नावशेषमुनि रहेका छन् ।

एजेन्सी

Comments

Back to top