राष्ट्रपतिको निर्वाचन आज बिहान १० बजे देखी, परिणाम साँझ ७ भित्र घोषणा गरिने

राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजे पछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।' 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।

उनका अनुसार बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानवाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदानस्थलमा नै मत गणना गर्नेछौं र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने ।

Comments

Back to top