बोर्डबाट पायो एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्ने स्वीकृति!

एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको छ ।

फागुन १८ गते बोर्डबाट बैंकले ऋणपत्र निष्काशनका लागि स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।

कम्पनीले कुल ४० लाख कित्ता ऋणपत्रमध्ये १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

बैंकको विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

 

Comments

Back to top