नौलो घुम्ती नेपालमा सब इन्जिनियरको आवश्यकता

नौलो घुम्ती नेपाल (NGN) स्वास्थ्य, औषधि उपचार र पुनर्स्थापना, HIV/AIDS रोकथाम, हेरचाह र सहयोग, सामुदायिक विकास, मानव अधिकार, लगायतका क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीमा सन् २००२ मा दर्ता भएको गैरनाफामुखी संस्था हो।  यस संस्थाले ट्रेल ब्रिज परियोजना (TBP) अन्तर्गत सब इन्जिनियरको पदको दर्खास्तको आव्हान गरेको छ।  

पद: सब इन्जिनियर 
तह : ४ 
आवश्यक नम्बर: १
ड्युटी स्टेशन: मनाङ जिल्ला

योग्यता:
TSLC वा सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेको हुनुपर्ने l 
उत्सुक सिक्ने मनोवृत्ति, जिम्मेवारीको भावना र बहुसांस्कृतिक वातावरणप्रति संवेदनशीलता भएको हुनुपर्ने ।
नेपाली र अंग्रेजी दुबैमा राम्रो लिखित र बोल्ने सीप भएको हुनुपर्ने l 
आत्म-प्रेरित र स्वतन्त्र रूपमा काम गर्न सक्षम हुनुपर्ने l 
कम्प्युटर प्रोग्रामहरू सञ्चालन गर्नमा उत्कृष्ट सीपहरू (AutoCAD र MS Office प्याकेज) भएको हुनुपर्ने l
तलब तथा सुविधा संस्थाको नियमावली अनुसार हुनेछ ।

इच्छुक उम्मेदवारहरूलाई अद्यावधिक गरिएको बायोडाटा  र सबै सान्दर्भिक शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपिहरू ८ फेब्रुअरी सम्म पेश गर्न अनुरोध गरिन्छ। छोटो-सूचीमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परीक्षा र अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ।

आवेदन बुझाउनुहोस्: [email protected]

प्रधान कार्यालय

पोखरा-१७, सीतापाइला, कास्की

फोन: ०६१-४०२०७०

प्रकाशित मिति: २५ जनवरी २०२३

Comments

Back to top