नेप्सेमा झिनो अंकको गिरावट, कारोबार २ अर्ब ५४ करोड!

बुधबार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल ५८ लाख ७४ हजार ९६७ कित्ता सेयरको करिब २ अर्ब ५४ करोड ७० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ, १०७ कम्पनीको मूल्यमा गिरावट छ भने, १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक  घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा कुमारी सबल योजना रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ६० लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सबैभन्दा धेरै प्राइम कमर्सियल बैँकको प्रोमोटर सेयरको कारोबार भयो।

 

 

Comments

Back to top