नेप्सेमा अनिश्चितता, झीनो अंकको गिरावट

बिहिबार  १.९३ अंकले घटेर ०.०७ % गिरावटको साथ नेप्से  २७३२.५२  अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये  ६८ कम्पनी उकालो लागेका छन्, ११२  कम्पनी ओरालो लागेका छन् र ११  कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये ५ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् भने बाँकी ८ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण घटेर रु ३८ खर्ब ७० अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: February 17, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

हिजोभन्दा बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको   विश्लेषणले देखाउँछ (आजको फरकः २६९   ) जसले बजारमा भोलाटाइलिटी आज बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२६८१ )भन्दा माथि क्लोज भएको छ जसले बजार को दिशा निश्चित नभएको जनाउँछ। 

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा तल आएको  देखिन्छ। हिस्टोग्राम हिजोको  -२५ .३२ भन्दा केहि बढेर आज  -२२.४०  अकंले  घटेको छ। एमएसिडी लाइन र सिगनल दुवै तलतिर फर्कन लागेको छ जसले बजारमा सेलिङ्ग बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने हिजो भन्दा आज +१४ डिएमआई लाइन घटेको  देखिएको छ साथै  -१४ डिएमआई लाइन तलतिर नै फर्किएको देखिएको छ र सिग्नल लाइन भने आज तलतिर फर्किएको छ।  +१४ डिएआई र -१४ डिएमआई लाईनले एक अर्कालाई क्रस गरेर डाइभर्ज गएको थियो तर फेरी दुवै +१४ लाइन र सिग्नल लाइन भने आज तलतिर नै गएको देखिन्छ।

४. क्यान्डलस्टिक

आज नप्सेले डोजी क्यानडल  बनाएको छ जसले बजार को कुनै निश्चित दिशा निर्धारण नभएको जनाउँदछ |

५. क्युमुलेटिभ एडी लाइन

NEPSE Daily Update: February 17, 2022

क्युमुलेटिभ एडी लाइन  -२३१७  देखि बढेर   -२३६१   मा आएको छ। नेप्सेको कुल भोल्युम ३४९२२९२   रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (८६५४१०३ )  को ४०  प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड २६८१  भन्दा माथि  क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल फर्केको छ र सिग्नल लाईन पनि जिरो लाइन नजिक आएको छ भने हिस्ट्रोग्राम -२२.४०  मा रहेको छ । एमएसिडी लाइन र  सिग्नल लाईन  तल  फर्किन लागेको देखिन्छ जसले बजारमा बिक्रिकर्ता को हाबी भएको  जनाउँदछ।  

-१४ डिएमआई लाइन बढेको छ भने +१४ डिएमआई लाईन र एडिएक्स लाइन दुवै घटेको  छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ४४.७   बाट घटेर  ४४.५५   मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २७०० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २७७०  को एरिया रहेको देखिन्छ ।

Comments

Back to top