इमर्जिङ नेपालको आईपीओमा २२ लाख ७७ हजार आवेदक निराश

इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ। कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो।

जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । गोलाप्रथाबाट भएको बाँडफाँडमा ५१ हजार ६३० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११-११ कित्ता हात पारेको कम्पनीले जनाएको छ।

सेयर खरिदका लागि कुल २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए। जसमध्ये, २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो। बाँकी योग्य लगानीकर्ताहरुलाई गोलाप्रथामा सामेल गराइएको थियो । जस मध्येबाट ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन् । बाँकी २२ लाख ७७ हजार २८ जनाको हात खाली भएको छ।

Comments

Back to top