कर्मचारीहरूलाई अफिस बाेलाउन गूगलको अद्भुत अफर
गूगल एक चिर-परिचित कम्पनी हो। कोविड-१९ महामारीमा यस प्लेटफॉर्मले मानिसहरूलाई धेरै मद्दत गरेको छ। तर अब महामारीकाे असर लगभग सबै देशमा कम हुँदै गएको छ र मानिसहरू आफ्नाे आम जिन्दगीतर्फ फर्किदै छन्। कर्मचारीरहरूको ‘वर्क फ्रम होम’ सकिसकेको छ र कम्पनीहरूले सबै कर्मचारीरहरूलाई अफिस आएर काम गर्न आदेश दिन थालेका छन्। तर गूगलका कर्मचारीरहरू भने अफिस फर्कन चाहेका छैनन्। कर्मचारीहरूलाई बाेलाउन गूगलले अनाैठाे अफर दिँदै छ।
यूनाइटेड स्टेट्सका गूगलले आफ्ना सबै कर्मचारीहरूलाई अफिस आएर काम गर्न भनिरहेकाे छ। कर्मचारीहरूलाई अफिसबाटै काम गराउन कम्पनीले उनीहरूलाई इलेक्ट्रिक स्कूटर अफर गरेको छ। गूगलले कर्मचारीहरूलाई हप्तामा केही दिन मात्र कार्यालय ल्याउनको लागि उक्त स्किम प्रदान गर्न गइरहेकाे बताउँछ।
रिपोर्ट अनुसार गूगलले ती सबै कर्मचारीलाई इलेक्ट्रिक स्कूटर दिँदै छ जो महिनामा ९ दिन कार्यलय जान्छन्। कम्पनीले हरेक कर्मचारीलाई इलेक्ट्रिक स्कूटरको ५० डलर एनरोलमेंट चार्ज र हरेक महीना ४४.१० डलर डिस्काउंट दिने बताइको छ।
Comments