उद्यमी अहमद दुल्लाको प्रेरणादायी कथा

अहमद दुल्ला नेपालको प्रसिद्ध जुत्ता डिजाइनर र द फ्याक्ट्री टिमका संस्थापक हुन्। दुल्ला जुत्ताले नेपालमा आफ्नो उत्पादन ल्याएको केही समय भइसकेको छ । २०१२ देखि अहिलेसम्म दुल्ला जुत्ताका संस्थापक अहमद दुल्लाले आफ्नो पहिलो उद्यमशीलतामा उतारचढाव भोगेका छन्।

सानै उमेरदेखि उनको आमाबाबु र शिक्षकहरुलाई स्पष्ट थियो कि अहमद दुल्ला शैक्षिक क्षेत्रमा त्यति उज्ज्वल छैनन्। उनले पुस्तकहरूमा कहिल्यै गहिरो रुचि देखाएनन् । सायद उनलाई थाहा थियो कि शैक्षिक छेत्रमा उनी कहिले उत्कृष्ट हुन सक्दैनन्। वास्तवमा, उनलाई शैक्षिक रूपमा यति कमजोर ठानिन्थ्यो कि उनले कक्षा चार र सात दोहोर्याउनुपर्यो। पछि उनले हाई स्कूल माध्यमबाट कडा मेहेनत गरे र स्नातक पनि गरे। अहमद सानैदेखि बास्केटबलमा रुचि राख्थे। यद्यपि उनी आफैं एक खेलाडी भने होइनन् । उनी एथलीटहरूको प्रशंसा गर्थे । तर अझ महत्त्वपूर्ण कुरा उनलाई तिनीहरूले लगाएका आकर्षक जुत्ताहरूले खेलकुदप्रति रुचि बढाएको थियो। उनले सधैँ आफ्ना आमाबाबुलाई ती चम्किला जुत्ताहरूको एक जोडीको माग राख्थे तर उनका बुबाआमाले उनको त्यो ईच्छ्या पूरा गर्निथिएनन्। जीवनमा के गर्ने भन्ने प्रश्नले झक्झकाउँदा उनले निर्णय गरे कि उनी आकर्षक जुत्ता बनाउने छन्।

शैक्षिकरुपमा कमजोर दुल्ला अब आफ्नो सपना पछ्याउँदै कलेज जाने बारे सोँच्दै थिए। उनले भारतको फुटवेयर डिजाइन एंड डेभ्लपमेन्ट कलेजमा भर्ना हुने निर्णय गरे। तीन कठिन वर्ष पछि उनले अब जुत्ता टेक्नोलोजीमा डिप्लोमा हासिल गरे तर उनले भारतमा जागिर पाउन सकेनन् । आफ्नो भाग्य फेरिने आशामा नेपाल फर्किए। घर फर्किए पछि उनले सामना गर्नुपरेको सबैभन्दा ठूलो अवरोध उनको डिप्लोमा थियो। उनी जागिरका लागि गएका हरेक अन्तर्वार्तामा उनलाई भनियो कि उनी पदका लागि अयोग्य छन्। तर ती अस्वीकारहरूले पछि उनलाई आफ्नै व्यवसाय सुरु गर्न प्रेरित गर्यो। आफ्नो बुबाको उदार लगानीको मद्दतद्वारा उनले जुत्ता बनाउन र फेसबुकमार्फत् बेच्न थाले। उनले आफ्नो डिजाइन पोस्ट गर्दथे र अर्डर अनुसार आफैले वितरण गर्न जान्थे। तीन वर्षसम्म यो संघर्ष कम्पनी स्थापित गर्ने एउटा माध्यम थियो। दुल्ला र उनका जुत्ता बजारमा आउनुअघि स्थानीय स्तरमा राम्रो गुणस्तरका छालाका जुत्ता दुर्लभ थिए। राम्रो गुणस्तरको छाला उपलब्ध हुन्छ भनेर मानिसहरुलाई विश्वस्त बनाउन उनलाई निकैनै गाह्रो परेको थियो। अब भने राम्रो गुणस्तरको छाला उपलब्ध हुन्छ भन्ने बारे मानिसहरु सचेत छन् र उनका जुत्ता चाडैं नै बिक्री भईरहेका छन् ।

दुल्लाको लागि यो वास्तवमा नै संघर्ष, दृढ संकल्प र अप्रत्याशित आश्चर्यहरूको यात्रा थियो । ग्राहकको ध्यान मूल्यमा बढी केन्द्रित भएको बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने मनस्थितिमा रहेका दुल्ला आफ्नो अडानमा अडिग थिए । गुणस्तर घटाउने दबाबमा उनी कहिल्यै झुकेनन्। दुल्ला उनका निर्णयबाट सन्तुष्ट छन् । आज उनको ब्रान्ड ‘द फ्याक्ट्री टिम’ नेपालको सबैभन्दा ठूलो फेसन हाउस हो। युवादेखि वृद्धसम्म सबैले उनको डिजाइनलाई अत्याधिक मनपराएको देख्न सकिन्छ।

Comments

Back to top