"एसबिआई बैंक" भारतीय विद्रोहलाई दबाउन सुरु गरिएको भारतको सबैभन्दा ठूलो बैंक!

बेलायतमा एक सरकारी अधिकारी थिए – रिचर्ड वेलेस्ली। अंग्रेजहरूले उनलाई १७९८ मा भारतको गभर्नर जनरलको रूपमा बोलाएको थियो। १७९९ मा वेलेस्लीको सेनाले मैसूरमा आक्रमण गर्यो र टिपु सुल्तानलाई पराजित गर्यो।

यससँगै दोस्रो अंग्रेज–मराठा युद्ध सुरु भयो। युद्धको समयमा, बेलायतले वेलेस्लीलाई आर्थिक सहायता प्रदान गर्न बैंकिङ प्रणाली बनाएको थियो। यी लडाइँहरूका लागि इङ्गल्याण्डबाट वेलेस्लीको सेनामा पैसा पनि पुगिरहेको थियो।

इङ्ल्यान्डबाट वेलेस्लीमा पैसा आउने भए पनि यो पैसा भारतबाटै लुटिएको थियो। अंग्रेजहरूले भारतको पैसा लुटेर आफ्नो खल्ती भर्ने गर्थे र बेलायत पठाउँथे। यो पैसा पुनः भारतमा नै पठाएर युद्धमा भारतीय विरुद्ध प्रयोग भइरहेको थियो। बेलायती सरकारले त्यो संस्थालाई बैंकमा परिणत गर्याे। जसलाई अहिले एसबीआई अर्थात् स्टेट बैंक अफ इन्डिया भनेर चिनिन्छ।

बैंक अफ बंगालमा भारतका प्रतिष्ठित व्यक्तिहरुको खाता थियो। राजनीतिज्ञ दादाभाइ नौरोजी, वैज्ञानिक जगदीशचन्द्र बसु, गुरुदेव रवीन्द्रनाथ टैगोर, समाज सुधारक ईश्वरचन्द विद्यासागर र डा. राजेन्द्र प्रसादले सो बैंकको सेवा लिएका थिए। अहिले पनि एसबीआईका धेरै शाखाहरूमा प्रतिष्ठित खाताधारकहरूको रूपमा उनीहरूको नाम र तस्विरहरू देख्न सकिन्छ।

कम्पनी–इतिहासको एक रिपोर्ट अनुसार, बैंक अफ बङ्गालपछि, ईस्ट इन्डिया कम्पनीले थप दुई प्रेसिडेन्सी बैंकहरू स्थापना गरेको थियो। १८४० मा ‘बैंक अफ बम्बे’ र त्यसपछि १८४३ मा ‘बैंक अफ मद्रास’। १९२१ मा, बैंक अफ बङ्गालको यी दुई बैंकहरुसँग मर्ज गरियो र बैंकको नयाँ नाम – ‘इम्पेरियल बैंक अफ इंडिया’ राखियो।

स्वतन्त्रताको आठ वर्षपछि कथाले अर्को मोड लियो, जब १९५५ मा भारतीय रिजर्भ बैंकले इम्पेरियल बैंक अफ इन्डियाको ६० प्रतिशतभन्दा बढी हिस्सेदारी लियो। त्यसपछि यस बैंकको नाम परिवर्तन गरेर ‘स्टेट बैंक अफ इन्डिया’ राखियो। भारतीय बैंकिङ प्रणालीको केन्द्रीय नियामक निकाय आरबीआई हो, यस्तो अवस्थामा पब्लिक सेक्टरको बैंकमा शेयर राख्दा स्वार्थ बाझिन सक्थ्यो। त्यसैले भारत सरकारले एसबीआईमा रिजर्भ बैंकको हिस्सेदारी लियो। यसरी स्टेट बैंक पब्लिक सेक्टरको बैंक बन्यो। अहिले एसबिआई भारतको सबैभन्दा ठूलो बैंक हो। यो बैंकिङ क्षेत्रमा भारतको सबै भन्दा ठूलो रोजगारदाता हो र २.५ लाख भन्दा बढी मानिसहरूलाई रोजगार दिएको छ।

Comments

Back to top