तरलता समस्या समाधान गर्न सरकार उदासिन भयो: उद्योगी

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन बनेको उद्योगी व्यवसायीले बताएका छन् । रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का उपाध्यक्ष दिनेश श्रेष्ठले केही महिनायता वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्न सरकार उदासिन बनेको बताएका हुन् ।

उनले तरलताको समस्या समाधानका लागि नेताहरूले व्यवसायीसँग छलफल गरेर निकास निकाल्न आग्रहसमेत गरे । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै गएको र ब्याजदरसमेत वृद्धि भइरहेका भन्दै उद्योगी व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् । आफूहरूले दिएको सुझाव सरकारले नसुनेको उनले गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठले लोडसेडिङ, बढ्दो बैंकको ब्याज र तरलताको समस्या छिटोभन्दा छिटो हल नभए व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आउन लागेको बताए ।

Comments

Back to top