राष्ट्र बैंक २ अर्बको नागरिक बचतपत्र जारी गर्दै
नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्ने भएको हो । बैकले आगामी चैत ३० गते ५ वर्षका लागि नागरिक बचतपत्र २०८३ ‘क’ जारी गर्न लागेको हो । सोका लागि बैंकले यही चैत १ गतेदेखि खुल्ला गरेको बचतपत्र आगामी चैत २० गतेसम्म जारी राख्ने जनाएको छ ।
इच्छुक लगानीकर्ताहरूले राष्ट्र बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध अनलाइन सिस्टमबाट आवेदन दिन सक्नेछन् । उक्त बचतपत्र चैत ३० गतेदेखि शुरु भएर २०८३ चैत ३० गते परिपक्व हुने बैंकले जनाएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको उक्त बचतमा बचतकर्ताहरुले ६६ महिनामा ब्याज पाउनेछन् ।
Comments