नेप्से इन्ट्राडे: इमर्जिङ्ग नेपालको सर्किट

नेप्से आज खुलेपछि १५ अंकले घटेर २६०१ सम्म आएको थियो र अहिले १ बजे सम्मको अवधिमा ६ अंकले घटेर २६१० मा रहेको छ। केहि समय देखि कारोबार दिनप्रति दिन साँघुरिदै गएको देखिन्छ । त्यस्तै आज करिब २ घण्टामा १ अर्बको पनि कारोबार पुग्न सकेको छैन।

सबैभन्दा धेरै कारोबार नेपाल टेलिकम र नेपाल लाइफको भएको छ जसमा नेपाल टेलिकम घटेर किनबेच भएको हो भने नेपाल लाइफ इन्स्योरेन्स बढेर भएको हो। इमर्जिङ्ग नेपालको आज पनि ९.९% अर्थात् सर्किट लेबलमा कारोबार भएको छ ।

Comments

Back to top