नेप्से इन्ट्राडे अपडेट: १५ अंकले घट्यो नेप्से
आज साताको पहिलो दिन नेप्से १५ अंकले घटेर २६१६ सम्म आएको छ। करिब २ घण्टाको कारोबारलाइ हेर्दा १ अर्बको खरिद बिक्री भएको देखिन्छ।
बजार खुलेको केहि समय उकालो लागेर २६४३ सम्म पुगेको नेप्से पछि बिस्तारै ओरालिदै गर्दा २६१७ सम्म झरेको हो। सर्वाधिक कारोबार गर्ने कम्पनी जीवन विकास लघुवित्त, नेपाल लाइफ इन्सुरेन्स तथा अपि पावर परेका छन् जसमध्ये अहिलेसम्म अपि पावर को १ लाख कित्ताको कारोबार भएको छ । त्यस्तै, इमर्जिङ्ग नेपालले सर्किट लेबलमा कारोबार गरेको छ भने राष्ट्र उत्थान लघुवित्तले भने ६% बढेर कारोबार गरेको देखिन्छ।
Comments