नेप्से प्रिओपन सेसन: २.८ अंकको वृद्धि

आज चैत्र ६ गते साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक २.८ अंकले वृद्धि भएको छ। गत साता २६३१ मा बन्द भएको नेप्से प्रिओपनमा २.८अंकले बढेर २६३४ पुगेको हो। करिब १४८८ कित्ताको सेयर खरिद बिक्री हुँदा १७ लाख ४१ हजार बराबरको कारोबार भएको छ जसमा गरिमा विकास बैंकको ३५० कित्ता समायोजित मूल्यमा १.८% ले बढेर सर्वाधिक कारोबार भएको छ र जीवन विकास लघुवित्त कम्पनिको २०० कित्ताको कारोबार २% बढेर भएको देखिन्छ।

Comments

Back to top