एनएमबि बैंकमा डिम्याट, मेरो सेयर र सिआरएन अनलाईनबाटै लिन सकिने

एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।

ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्दछन् । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकसम्म नआईकनै बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन् ।

Comments

Back to top