नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, अब बजार कता लाग्ला ?
गत साता ०.७८% ले बढेको नेप्से यो साता भने २.५ % ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २५७५ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बुधबार १९ अंकले घटेर नेप्से २६३१ को बिन्दुमा आएको छ। साताको पहिलो दिनबाटै कारोबार साँघुरिदै आएको बजार बुधबार अत्यन्त न्यून कारोबार हुँदै बन्द भएको हो। पहिलो दिन भारी अंकले उछाल आएको नेप्से अरु दिन भने ओरालो लागेको देखिन्छ ।
यस साता कारोबार भएका १३ उप-समुहमध्ये, १० उप-समुहहरु उकालो लागेका छन् भने ३ उप-समुहहरु ओरालो लागेका छन् ।
यस साताको टप गेनर्स(Top Gainers)
यस साताको टप लुजर्स(Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनिहरु (Top Traded Stocks By Units )
प्राविधिक विश्लेषण
अघिल्लो साता ह्याम्मर क्यानडाल बनाउदै उकालो लागेको नेप्से यस साताको क्लोजिंगले मिडल ब्याण्ड लाइ रेसिस्ट गरेर मिडल ब्याण्ड भन्दा तल क्लोज गरेको छ जसले बजारमा सामान्य बिक्री बढी भएको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन भन्दा तल -२२ मा आएको छ र सिग्नल लाइन पनि जिरो लाइन भन्दा तल -९ मा आएको छ तर हिस्टोग्राम भने पुनः नेगेटिभ बनाएको देखिन्छ जसले बजारमा बिक्रिकर्ता बढी भएको जनाउँछ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउछ । आरएसआइ ४४ बाट बढेर ४७ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ । नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६१५ रहेको देखिन्छ र नेप्सेको आगामी दिनको अवरोध २६८० को लेबल हुन आउँछ ।
Comments