ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । जसका लागि बैंकले क्यापिटलसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने यस ऋणपत्रमा पाईने ब्याजदर १०.५० प्रतिशत रहेको छ ।
Comments