नेप्सेमा १९ अंकको गिरावट, मात्र साढे दुई अर्बको कारोबार
आज बुधबार १९.६५ अंकले घटेर ०.७४ % गिरावटको साथ नेप्से २६३१.३२ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये ४९ कम्पनी उकालो लागेका छन्, १३५ कम्पनी ओरालो लागेका छन् र १० कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समुहमध्ये ३ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् भने बाँकी १० उप-समुहको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पूँजीकरण घटेर रु ३७ खर्ब ३० अर्ब पुगेको छ ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २९२) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२६५२) भन्दा तल २६३१ मा आएर बन्द भएको छ। आज बजारमा बिक्री बढी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा -३७ मा आएको देखिन्छ। हिस्टोग्राम हिजोको ३ बाट बढेर ५ मा आएको छ। एमएसिडी लाइनले तलतिर बाट माथि तिर सिग्नल लाइनलाइ क्रस गरेर माथि गएको छ र सिग्नल लाइन जिरो लाइन भन्दा तल -४४ बाट फर्केर ४२ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा सामान्य सेलिङ्ग भएको बुझ्न सकिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने -१४ डिएमआई लाइन माथि फर्केको छ। सिग्नल लाइन भने तलतिर + १४ डीएमआइ लाइन क्रस गरेर तल लागेको देखिएको छ । -१४ डिएमआई लाईन माथितिर बाट तल फर्किएको देखिन्छ जसले नाफा बुक भएको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिस क्यान्डल बनाएको छ जसले बजारमा सामान्य रुपमा बिक्री बढी भएको जनाउँछ ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -२८९८ देखि घटेर -२९८४ मा आएको छ। नेप्सेको कुल भोल्युम ४४८१६२४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (५६५४३८१) को ७९ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्ड २६५२ तल २६३१ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -३७ आएको छ जुन आक्रामक रुपले माथितिर लाग्दै छ र सिग्नल लाईन पनि जिरो लाइन तल -४२ मा आएर माथि फर्किन लागेको देखिएको छ भने हिस्टोग्राम ३ बाट बढेर ५ मा पुगेको छ।
-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन माथि बाट तल लागेको छ र एडिएक्स लाइन +डी आइ लाइनलाइ क्रस गरेर तलतिर नै फर्किएको छ जसले ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा बिक्रिकर्ताको को मोमेन्टम सामान्य बढेको सङ्केत गर्छ। आरएसआइ आज ४७ बाट घटेर ४५ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २५७० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २६८० को एरिया रहेको देखिन्छ।
Comments