प्रभु बैंक १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक सेयर बिक्री गर्दै

प्रभु बैंकले १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको मूल्य भने तोकिएको छैन । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा अन्य व्यक्ति वा संघ संस्थालाई उक्त सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

Comments

Back to top