शिखर इन्स्योरेन्सकाे हकप्रद सेयरका लागि आवेदन खुला

शिखर इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि हकप्रद सेयर निष्कासन तथा विक्री खुल्ला गरेको छ। कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा रू. १०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे जनाएकाे छ।

यसका लागि आवेदकले चैत २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ। आवेदकले मेरो सेयर सफ्टवेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

माघ २० गतेसम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरेकाे थियाे ।

यो हकप्रद निष्कासन पश्चात कम्पनीको पूँजी २ अर्ब २८ करोड पुग्नेछ। हाल चुक्तापूँजी १ अर्ब ७५ करोड रहेको छ।

यसकाे विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

Comments

Back to top