माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्री गरिने
माछापुच्छ्रे बैंकले १ लाख ६४ हजार १३१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक सेयरधनी भरत कुमार श्रेष्ठको नाममा रहेको १ लाख ६४ हजार १३१ कित्ता संस्थापक सेयर विक्री गर्न लागेको जनाएको छ ।
उक्त सेयरको मूल्य भने तोकिएको छैन । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंको सेयर विभागमा आफूले खरीद गर्न चाहेको मूल्य र सेयर संख्या खुलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा विद्यमान संस्थापकबाट सेयर खरीद गर्न निवेदन नआएमा अन्य व्यक्ति वा संघ संस्थालाई उक्त सेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।
Comments