छ्याङदी हाइड्रोपावर लिमिटेडको सेयर आजदेखि लिलामीमा बिक्री खुला हुने भएको छ । कम्पनीले हकप्रद सेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति संस्था वा कम्पनीले चैत ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले बताएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
साथै ग्लोबल आइएमई बैंकको शाखा कार्यलयहरु विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौंडा,नारायणगढ,पोखरा,बुटवल,बाग्लुङ, नेपालगञ्ज,सुर्खेत,दाङ, धनगढी र महेन्दनगरमा बोलपत्र फारम पाउने र बुझाउन सकिने कम्पनीले जनाएको छ ।
Comments