नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिँदै, २० प्रतिशत बोनस सेयर प्रस्ताव

नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर दिने भएको छ। कम्पनीले मंगलबार एक सुचना जारी गर्दै कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

कम्पनीले चैतको २४ गते बार्षिक साधारणसभा डाकेको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र अर्को २० प्रतिशत नगद लाभांश दिने भएको हो।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ। अब २० प्रतिशत बोनस सेयरले चुक्ता पुँजी ३ अर्ब रुपैयाँले थपिएर १८ अर्ब रुपैयाँ पुग्ने छ। कम्पनीले पोहोरजति नै लाभांश दिएको हो। पोहोर पनि ४० प्रतिशत लाभांश दिएको थियो। तर कम्पनीले कहिले पनि बोनस सेयर वितरण गरेको थिएन।

बोनस सेयर दिने सूचना चुहिएका कारण कम्पनीको कारोबार र मूल्य बढिरहेको थियो। कम्पनीले बोनस सेयर दिने भएपछि त्यहाँका कर्मचारीले बिरोध गरेका थिए।

Comments

Back to top