टीएमएसको समस्या समाधान भएन, आजलाई बाँकी दिनको कारोबार स्थगित

टीएमएसमा समस्या समाधान नभएपछि आज बाँकी समयको सेयर कारोबार स्थगित गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना ब्रोकर डाटा सेन्टरमा समस्या आएका कारण आज बाँकी समयको सेयर कारोबार स्थगित गरिएको जानकारी गराएको हो।

आज मध्याह्न १२ बजेपछि टीएमएसमा समस्या आएको थियो। नेप्सेका अनुसार करिब ३० वटा ब्रोकरको टीएमएसमा समस्या देखिएको छ।

टीएमएसमा समस्या देखिएपछि नेप्सेले १२ बजेर ५३ मिनेटमा सेयर कारोबार स्थगित गर्दै प्राविधिक समस्या समाधान भएपछि सुचारु गरिने जनाएको छ। तर, समस्या समाधान नभएपछि आज बाँकी समयको कारोबार नेप्सेले स्थगित गरेको छ।

धितोपत्र कारोबार साताको दोस्रो दिन सोमबार सेयर बजार टीएमएसमा प्राविधिक समस्या आएका कारण पौने २ घन्टामात्रै सञ्चालन भएको छ।

यो अवधिमा नेप्सेमा ०.१५ अंकले बढेर २६६८.११ को विन्दुमा पुगेको थियो।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले घटेर ५०९.८५ को विन्दुमा झरेको छ। कारोबार १ अर्ब ३४ करोड रुपैयाँ बढीको भएको छ।

यस अवधिमा नेप्से उपसमूहमा रहेका १३ वटा सूचकमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

आज जीवन बीमा समूह सर्वाधिक १.०८ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.६१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०४ प्रतिशत, विकास बैंक समूहमा ०.२७ प्रतिशत, अन्य समूहमा ०.३५ प्रतिशत र लघुवित्त समूहमा ०.३६ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन व्यापार समूह सर्वाधिक ३.१६ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.७६ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.७ प्रतिशत, जलविद्युत समूहमा १.१५ प्रतिशत, वित्त समूहमा ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ।

प्रमुख कारोबार

Comments

Back to top